Logo
५ जेष्ठ २०८१, शनिबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द विद्यालय ६ महिनापछि खुल्दै

अफगानिस्तानमा तालिवानले सत्तालिएपछि सार्वजनिक विद्यालय ६ महिनापछि खुल्ने भएका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् ।

तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानाकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने्नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले तालिवानले छात्राहरुलाई अलग्गै पढाइन सकिने बताएको थियो ।

गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए । यसअघि
अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ ।

केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा पढ्न गएका छैनन् ।तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुलेअफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् । तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो ।

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्