Logo
२५ बैशाख २०८१, मंगलबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं : बाबुराम भट्टराई

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्‍बाट पारित गर्नुपर्ने बताएका छन् ।

भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउन आग्रह गरेका छन् । साथै उनले यही एमसीसीको वहानामा प्रतिगमनविरोधी गठवन्धन टुट्न नहुनेमा जोड दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, MCC सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्! यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस्१ देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्१ शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!

 

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्