Logo
२५ बैशाख २०८१, मंगलबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणकाजीले भने : ‘एमसीसी पारित नभए गठबन्धन टुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित नभए गठबन्धन तोड्छु नभनेको दाबी गरेका छन् ।

गठबन्धन बैठकमा सभापति देउवाले मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० पारित नभए गठबन्धन कायम रहन नसक्ने भन्दै आएका समाचारमा सत्यता नभएको उनको दावी छ ।

विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री देउवाले एमसीसी पारित नभए गठवन्धन तोडिने चेतावनी दिएको भन्ने समाचार प्रकाशित भएका थिए । त्यसलाई श्रेष्ठले भ्रममा नर्पनका लागि आग्रह गरेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुनै भ्रममा नपरौं : प्रम देउवाले एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहान्छ , साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबध्द छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।’

 

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्