Logo
२५ बैशाख २०८१, मंगलबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डद्वारा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदै छ ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्