Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : विश्वका कुन देशमा मृत्यु सबैभन्दा सहज छ ? नेपाल कुन ग्रेडमा पर्छ ?

मानिसले जन्मसँगै मृत्युलाई पनि महत्वपूर्ण लिने गर्छन् । त्यसैले मानिसले भन्ने गर्छन् कि जसरी बाचेपनि सजिलैसँग सास जाओस्(मृत्यु होस्) भन्ने आशा राखेका हुन्छन् ।

तर कतिपयको अन्तीम अवस्था अथवा मृत्यु एकदम पिडादायक हुने गर्छ । विश्वमामा मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् ।

हालै क्वालिटी अफ डेथ एण्ड डायिङ इन्डेक्स २०२१ मार्फत वैज्ञानिकहरुले विश्वमा सहज मृत्यु भएका देशहरुको बारेमा बताएका छन् ।

उक्त सूची अमेरिकाको ड्युक युनिभर्सिटीले अनुसन्धानमार्फत तयार पारेको हो । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको मृत्यु भने पीडादायी हुने गरेकोले यसै आधारमा ग्रड दिएको छ ।

अध्ययनमा संलग्न स्टीफन कोनरका अनुसार राम्रो ग्रेड हुने देशहरुको आर्थिक आम्दानी राम्रो छ । त्यहाँको सरकारले बाँकी देशको तुलनामा नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइएको छ । जुन देशको ग्रेड राम्रो छैन ति देशको सरकारले नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइदैन ।

यसमा विश्वभरका ८१ देशमा जिन्दगीको आखिरी दिनहरुमा हुने हेरचाहको आधारमा ए, बी, सी, डी, ई र एफ ग्रेड दिइएको छ ।रिपोर्टका अनुसार केवल ६ देशलाई ए ग्रेड र २१ देशलाई एफ ग्रेड दिइएको छ ।

रिपोटका अनुसार युनाइटेड किङडम (युके) पहिलो स्थानमा छ । यसका साथै, आयरल्याण्ड, ताइवान, कोस्टा, रिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि ए ग्रेड दिइएको छ । यी देशहरुमा अन्तिम अवस्थामा पुगेका व्यक्तिहरुको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्ने गरिन्छ ।

इन्डेक्सका अनुसार भारतलाई डी ग्रेड प्रदान गरिएको छ । भारतका साथै चीन, रुस, ग्रीस, इन्डोनेशिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोलाई पनि डी ग्रेड दिइएको छ ।

यस्तै, अमेरिकालाई सी ग्रेड दिइएको छ । अमेरिकाका साथसाथै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, मिस्ना, घाना, इजराइल, युगान्डा, डेनमार्क र नाइजेरियालाई सी ग्रेड प्रदान गरिएको छ ।

त्यस्तै विश्वका ८१ वटा देशहरुमा प्याराग्वेलाई ८१ औं स्थानमा राखिएको छ । यो देशमा अन्तिम अवस्थामा रहेका व्यक्तिहरुलाई सहज वातावरण प्रदान गरिदैँन । बंग्लादेश, लेबनान, ह्याती, ब्राजिल, सेनेगल, पोर्तुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेशिया, इथियोपिया र इराक जस्ता देशहरुलाई एफ ग्रेड प्रदान गरिएको छ ।

एजेन्सी

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्