Logo
२२ बैशाख २०८१, शनिबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यान्छीलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी नेपालबाट निकासन गर्न माग

नेपाल डेमोक्रेट युनियनले प्रजातान्त्रिक नेपालविरुद्ध षड्यन्त्रकारी एवं हस्तक्षेपकारी भूमिकामा खरो उत्रिएका निङ लिन र चिनियाँ राजदूत हाओ यान्छीलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी नेपालबाट निकासन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

डेमोक्रेटले विज्ञप्ती जारी गर्दै नेपाललाई प्रजातान्त्रिक विश्व समुदायबाट अलग्याउँदै आफ्नो प्रभाव क्षेत्र एवं संरक्षित राज्य बनाउन चाहने सर्वसत्तावादी कम्युनिष्ट चीनको सुनियोजित षड्यन्त्र र नांगो हस्तक्षेपको घोर भर्त्सना पनि गरेको छ ।

डेमोक्रेट युनियनले विज्ञप्तिमा भनेको छ, ‘नेपालमा प्रजातन्त्रवादीहरुलाई हरतरहले किनारा लगाउँदै लोकतन्त्र समाप्त गरी चिनियाँ कम्युनिष्ट पार्टीका नोपली दासहरुको सत्ता स्थापित गर्न कम्युनिष्ट चीनले जे जस्ता हर्कत गर्दैछ, नेपाली जनतालाई त्यो कदापि सहय हुनेछैन ।कम्युुनिष्ट चीनले नेपालमा प्रजातन्त्रका प्रत्येक अवयव कमजोर गराउन योजनावद्ध षडयन्त्र मात्र सञ्चालन गरेको छैन, प्रजातान्त्रिक मित्रराष्ट्रहरुको विरोध नेपालको भूमिबाट गराउने अभियान पनि चलाइरहेको छ। साथै प्रजातान्त्रिक विश्वबाट प्राप्त हुने आर्थिक र अन्य सहयोग विरुद्ध विषìवमन गराउने, भाँड्ने र सहयोगबाट वञ्चित गराउने षड्यन्त्र पनि सञ्चालन गरिरहेको छ। एमसीसी विरुद्ध भइरहेको दुष्प्रचार त्यसैको एउटा पाटो हो। नेपालको सार्वभौमिकता माथि धावा बोल्दै कम्युनिष्ट चीनले हुम्ला, गोर्खा, रसुवा लगायतका दर्जनौ जिल्लामा सीमा अतिक्रमण गरी हजारौं विघा जमीन कब्जा गरेको मात्र छैन, नेपालको विमानस्थलमा चिनियाँ झण्डा फहराउने दुस्साहस समेत गरेको छ। रसुवा र तातोपानी नाकामा अघोषित नाकाबन्दी गरेर हजारौं कन्टेनर रोक्दै आएको मात्र छैन, नेपाली व्यापारीलाई हर तरहले प्रताडित र हतोत्साहित बनाउँदै आएको छ। यसका साथै सामाजिक द्वन्द्व बढाउने, पार्टीगत द्वन्द्व बढाउने र हिंसा, आगजनी, तोडफोड, रक्तपात र गृहयुद्धको भुमरीमा नेपाललाई धकेल्ने योजनाका साथ काम गरिरहेको छ। यसका निम्ति चिनियाँ गुप्तचर एजेन्सी एमएसएसको अधिकृत निङ लिनलाई कार्यालय नै खडागरी सक्रिय गराएको छ भने चिनियाँ राजदूतलाई गैरकूटनीतिक तवरले पार्टी, देश र व्यवस्थाका आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्न सक्रिय बनाएको छ।’

नेपाल डेमोक्रेट युनियनले चिनियाँ मुद्रा आरएमबीको खोलो बगाएर मोड्ने र जनस्तरमा प्रजातन्त्र एवं प्रजातान्त्रिक विश्व विरुद्ध दुष्प्रचार गर्ने अभियान चलाएको र यस्ता कुत्सित हरकत तत्काल बन्द गर्न कम्युनिष्ट चीनलाई चेतावनी दिएको छ ।

नेपाल डेमोक्रेट युनियनले यस्ता हरकत प्रजातन्त्रप्रेमी नेपाली जनतालाई कदापि सहय नहुने र प्रजातन्त्रवादी विश्व समुदायले यस्ता हर्कत कदापि सहने छैनन् भनी विज्ञप्तीमा उल्लेख छ ।

साथै चीनको योजना र आरएमबीको आडमा देशमा सञ्चालित प्रजातन्त्र विरोधी अभियानलाई निस्तेज, पार्न डेमोक्रेट युनियनले नेपाल सरकारलाई आग्रह गरेको छ ।

डेमोक्रेट युनियनले चीनको प्रभावबाट देशलाई मुक्त पार्न सकेमात्र नेपाल र नेपालीको भविष्य सुरक्षित हुन हुने समेत दाबी गरेको छ ।

नेपाल सरकारको यस कार्यमा प्रजातन्त्रवादी विश्व समुदायको निःशर्त र सम्पूर्ण सहयोग रहने कुरामा समेत नेपाल डेमोक्रेट युनियन सरकारलाई आश्वासन दिएको छ ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्