Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीव्र आलोचना भएपछि जर्मनीका जलसेना प्रमुखले दिए राजीनामा

युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाजलसेना प्रमुख काय-एचिम स्चोन्बाचले राजीनामा दिएका छन् ।

उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताएका थिए । उनको यो अभिव्यक्तिको तीव्र आलोचना भएपछि राजिनामा दिएका हुन् ।

युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय-एचिम स्चोन्बाचले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् ।रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमनको तयारी भनेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्