Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा बम विस्फोट हुँदा सात जनाको मृत्यु

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । उक्त विरुफोटमा परी अन्य ९ जना घाइते भएका छन् ।

एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ ।

घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्