Logo
२२ बैशाख २०८१, शनिबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानन्यायाधीश शर्माको निधनकाे शाेकमा आज देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनकाे शाेकमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द गर्ने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक बिदाको रूपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।

शर्माको बुधबार निधन भए पनि उनका छोरा विदेशबाट आएपछि शनिबार मात्र अन्त्येष्टि गरिएको थियो । शर्मा ३० चैत २०५४ देखि ३० मङ्सिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्