Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

कोरोना संक्रमण बढ्दै गएकाले पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज (शुक्रबार) सूचना निकालेर सबै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन् ।

कोरोनाका कारण यसअघि नै त्रिवि, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्