Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगित गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए । यही माघ २ गतेदेखि इञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।

स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिइ पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्