Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेल्वेमा कर्मचारी भर्नाविरुद्ध मन्त्री यादवद्वारा विरोध

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीको कर्मचारी भर्नाको विरोध गरेका छन् । लोकसेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभाबी गरेको यादवको दाबी छ ।

केन्द्र सरकारले नेकपा एकीकृत समाजवादी सम्बद्ध निरन्जन झालाई रेल्वे कम्पनीको महाप्रबन्धक बनाएको थियो । झा नेतृत्वको रेल्वे कम्पनीले जनकपुर-जनकपुरधाम-कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ६० जना कर्मचारीलाई नियुक्त गरेको छ ।

काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले आइतबार पत्रकारहरुसँग कुरा गर्दै लोक सेवा आयोगको परीक्षा मार्फत कर्मचारी भर्न गर्न बाध्य पार्न आन्दोलन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्