Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाद्वारा टेनिस खेलाडी नोभाक जोकोभिकको भीसा रद्द

टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिकको भीसा अष्ट्रेलियाद्वारा रद्द भएको छ ।जोकोभिकको भीसा रद्दको निर्णय भएसँगै अष्ट्रेलियाले उनलाई देश सर्विया फर्काउने भएको छ ।

यसअघि भीसा रद्द गरेपनि अष्ट्रेलियाको अदालतले जोकोभिकको पक्षमा फैसला सुनाएपछि अध्यागमनको नियन्त्रणबाट मुक्त भएका थिए ।

उनले अष्ट्रेलियन ओपन टेनिस खेल्ने तय भएको थियो ।दोस्रोपटक शुक्रबार भीसा रद्द भएपछि जोकोभिकको अष्ट्रेलियन ओपन खेल्ने सम्भावना कमजोर भएको छ ।

उनको विषयले एक हप्तायता सँसारभर प्रमुखता पाइरहेको छ । उनलाई चार रात होटलमै नियन्त्रणमा राखिएको थियो ।कोरोना भाइरसको भ्याक्सिन नलगाई जोकोभिक अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलियामा भ्याक्सिन अनिवार्य गरिएको छ ।

 

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्