Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा हिमपातमा परी २१ जनाको मृत्यु

पाकिस्तानको उत्तरी भागमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। स्थानीय मुरीको पहाडमा हिउँ हेर्न आउने पर्यटकहरुका करिब १ हजार सवारी साधान अलपत्र परेका छन्।

उनीहरु हिउँ खेल्न गएका हुन।हिमपात भएपछि २१ को मृत्यु भयो भने सयौं हिउँमा फसेका छन्। मृतकहरु अधिकांश हिउँ हेर्न आउनेहरु भएको बताइएको छ।

मृत्यु हुनेमा पाकिस्तानका एक प्रहरी, उनकी पत्नी र ६ जना छोराछोरी रहेको बताइएको छ।अन्य मृतकहरु समेत उनीहरुको आफन्त रहेका छन्।

पाकिस्तानी सेनाले सडक खुलाइ फसेकाको उद्दार गरिरहेको पाकिस्तानी सञ्चारमाध्यमा समाचार छ।पाकिस्तानका गृहमन्त्री शेख रसिदले पर्यटकको चाप बढेका कारण उद्दार कार्यसमा समस्या भएको बताएका छन्।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्