Logo
५ आश्विन २०८१, शनिबार
(December 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन् २०२१ मा नेपाल भित्रिए यी नयाँ कार !

आजबाट हामीबाट सन् २०२१ विदा हुँदैछ । यो वर्ष थुप्रै ब्रान्डका नयाँ कार नेपाल प्रवेश गरे । चीनका ३ प्रख्यात ब्रान्ड ग्रेटवाल, चांगन र चेरी यही बर्ष नेपाल भित्रिए ।

जसमध्ये चेरी र ग्रेटवाल नयाँ बिक्रेतामार्फत पुनः नेपाल आएका हुन् भने चांगन नयाँ ब्रान्डका रुपमा भित्रिएको हो । त्यसैगरी फ्रान्सको चर्चित कार ब्रान्ड सिट्रोन समेत यसै बर्ष नेपाल भित्रियो ।

यो बर्षको सुरुवातमा निसानले बहुप्रतीक्षित सब फोर मिटर एसयूभी म्याग्नाइटलाई नेपाल ल्यायो । भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली कार पारखीको पर्खाइमा रहेको यो एसयूभीले कोरोना महामारीका कारण सिथिल बनेको फोर ह्विलर बजारमा नयाँ आशा जगायो ।

सुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री थालिएको यो सानो एसयूभीलाई नेपाली ग्राहकले अत्यधिक मात्रामा रुचाउँदै आएका छन् । हाल यसको मूल्य बृद्धि भएर सुरुवाती मूल्य ३० लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

यो बर्षको अन्त्यमा सार्बजनिक हुने नयाँ कारका रुपमा भने टोयोटा राइज दर्ज भएको छ । केही समय अघिमात्र सार्वजनिक गरिएको यो कम्प्याक्ट एसयूभी टोयोटाको नेपालमा उपलब्ध सबैभन्दा सस्तो गाडी हो ।

सुरुवाती मूल्य ६६ लाख रुपैयाँ निर्धारण गरी बिक्री थालिएको राइजले सस्तो मूल्यमा टोयोटा ब्रान्डका गाडी प्रयोग गर्न चाहने ग्राहकको विश्वास जित्ने अनुमान लगाइएको छ ।

निसान म्याग्नाइट र टोयोटा राइज सहित यो बर्ष रेनो काइगर, टाटा नेक्सन ईभी, स्कोडा कुशाक, फक्सवागन टाइगुन, जिप ¥यागंलर, सिट्रोन सि५ एयरक्रस, निसान लिफ ईभी, नयाँ बीवाईडी ई६, एमजी हेक्टर, चांगन एल्सभिन, चेरी टिगो ४प्रो, ग्रेटवाल ह्यावल र जोलायन जस्ता कारहरु नेपाल भित्रिए ।

यीमध्ये नेक्नस ईभी, रेनो काइगर, स्कोडा कुशाक, फक्सवागन टाइगुन र जिप ¥यागंलर निकै चर्चामा रहे भने निसान लिफ, बीवाईडी ई६ र चिनियाँ ब्रान्डका कारहरुले समेत राम्रै चर्चा बटुले ।

हुन्डाइको आई-२० थर्ड जेनेरेसन, अल न्यु टुसान र कोना फेसलिफ्ट समेत यसै बर्ष नेपाल आए । यी कारले समेत आफ्नो सेग्मेन्टमा राम्रो बजार पाइरहेका छन् ।

टाटाले नयाँ सफारी र नयाँ एनआरजी क्रसओभर भित्र्याएर कार पारखीको विश्वास जित्ने जमर्को गर्यो । त्यसैगरी कियाले सोनेटको एचटिएक्स अटोमेटिक र सेल्टोसको बेस भेरिएन्ट एचटिके भित्र्यायो भने होन्डाले समेत नयाँ अमेज भित्र्याउन सफल भयो ।नेपाल अटो

प्रकाशित मिति: Dec 31, 2021

प्रतिक्रिया दिनुहोस्