Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिसमस पार्टी भइरहेको कंगोको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा ८ जनाको मृत्यु

google

कंगोमा क्रिसमस पार्टी भइरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।

लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा रहेको एउटा रेष्टुरेन्टमा भएको शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो ।

सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् ।

यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अनुमान गरिएको छ । आत्मघाती बम विस्फोट गराउने व्यक्तिलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए ।

तर उसले बम सक्रिय गराएर भित्र छिरेको थियो ।’ सरकारका क्षेत्रीय प्रवक्ताले जानकारी दिए । सुरक्षा निकायका अनुसार मृत्यु हुनेमा दुई महिला र एक जना किशोरी पनि छन् ।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्