Logo
१७ बैशाख २०८१, सोमबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पन्जाबको लुधियाना अदालतमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु, ४ घाइते

छिमेकी मुलुक भारतको पन्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त बम विस्फोटमा परी अन्य चार जना घाइते भएका छन् ।

लुधियानाको प्रहरी कमिस्नरले बिबिसीलाई दिएको जानकारी अनुसार विस्फोट आज दिउँसो १२ बजेर २२ मिनेटमा अदालतको दोस्रो तलामा रहेको रेकर्ड कक्षमा भएको हो ।

विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पुरै घेरेर कडा सुरक्षामा राखेका छन् ।

 

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्