Logo
१७ बैशाख २०८१, सोमबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घनामा एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् ।

कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्‍याएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।दुर्घटना इस्लामाबाद-पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो।

हालै, पाकिस्तानको ठुलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ।

यसैबिच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरबाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन्।रासस/ सिन्ह्वा

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्