Logo
१७ बैशाख २०८१, सोमबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिसेफद्वारा अफगानिस्तानका हजारौँ बालबालिकालाई सहयोग

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको बालबालिकासम्बन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ ।

राष्ट्रसङ्घीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो ।

जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यही सन् २०२१ को जनवरी देखि नोभेम्बरसम्ममा दुई लाख ९५ हजारभन्दा बढी बालबालिकालाई कुपोषणबाट बच्न सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको युनिसेफले जनाएको छ ।

युनिसेफका अधिकारीहरुका अनुसार छ लाख ५३ हजारभन्दा बढीलाई खोप प्रदान गरिएको छ भने सात लाख ५८ हजार बालबालिकालाई अध्ययन अध्यापन सम्बन्धी सामग्रीहरू उपलब्ध गराइएको छ ।

त्यसै गरी २८ हजारभन्दा बढीलाई अत्यावश्यक मानवीय सहायताका लागि नगर रकम नै उपलब्ध गराइएको युनिसेफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

द्वन्द्वबाट धेरै प्रभावित यस मुलुकमा युनिसेफले विभिन्न सहयोगका कार्यक्रमहरु लामो समयदेखि सञ्चालन गर्दै आइरहेको छ ।

 

 

 

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्