Logo
११ श्रावण २०८१, शुक्रबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो मौसममा तातो पानी पिउनुका यस्ता छन् फाइदा!

अहिले देशभर नै चिसो बढीरहेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक हुन्छ । चिसोमा मौसममा प्रायजसो हाम्रो शरीरमा पाचन प्रणालीसँग सम्वन्धित समस्या सृजना हुने गर्छ ।

यसबाट बच्न हामीले हाम्रो शरीरलाई आवश्यक पानी पिउन जरुरी हुन्छ । चिसो मौसममा धेरै जसो मानिस बिहान उठेपछि तातो कफी या चियाँ पिउछन् ।

कोही बिहान उठेपछि खाली पेटमा चिसो पानी पिउन रुचाउँछन् । जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ । तर तातो पानी पिउनाले डिहाइड्रेशनका अलावा कयौँ समस्याबाट बच्न सकिन्छ ।

आयुुर्वेदका अनुुसार बिहान खाली पेटमा तातो पानी पिउनुको थुप्रै फाइदा छन् । विशेषगरी चिसोमौसममा तातो पानी कयौ समस्याका लागि धेरै नै लाभदायक मानिन्छ ।

हेल्थ लाइनको एउटा रिपोर्ट अनुसार जाडो मौसममा तातो पानी पिउनुका फाइदा छन् जसले तपाईंलाई विभिन्न समस्यामा मद्दत गर्न सहयोग गर्नेछ ।

 तातो पानी पिउनुका फाइदा :

१. रक्त सञ्चार राम्रो :

तातो पानीले रक्त नलिकाहरुलाई उत्तेजित गर्छ जसका कारण यो राम्रो हुने गर्छ । जाडोमा हाम्रो रक्त संचार गर्मीको तुलनामा बढी हुने गर्छ । जाडोमा हाम्रो रक्त नलीहरु बढी खुुम्चिन्छ । तातो पानीले यी ब्लड भेसललाई पैmलाउने काम गर्छ । जसले जाडोमा पनि रक्त सञ्चार राम्रो हुने गर्छ ।

२. राम्रो पाचन प्रणाली :

तातो पानी पिउनाले शरीरको मेटाबोलिजम राम्रो हुन्छ । जसले पाचन प्रणालीसँग रहेका कयौँ समस्या समाधान हुन्छ । यसले कब्जियत हटाउन पनि महत्वपूूर्ण भूमिका निर्वाह गर्छ ।

३ . दुब्लाउन सहयोगी :

तातो पानीले हाम्रो मेटाबोलिजम प्रणालीलाई बुस्ट गर्छ । शरीरमा रहेको बोसो पगाल्न सहयोग गर्छ । बोसो वास्तविक मोटोपनामा वास्तविक रुपमै जिम्मेवार रहँदै आएको छ । मोटोपना नियन्त्रण गर्नका लागि तातो पानी बढी फाइदाजनक छ ।

४ तनाव कम गर्छ :

तातो पानी पिउनाले केन्द्रीय स्नायु प्रणालीको क्रियाकलाप राम्रो हुन्छ । जाडोमा तातो पानी पिउनाले तनाव कम हुन्छ र मुड पनि राम्रो हुन्छ । कम पानी पिउनाले मानिसको स्वभाव चिडचिडे हुन्छ । यसमा पनि तातो पानी पिउनुको फाइदै फाइदा छ ।

५. दुुखाईमा राहत :

जाडो मौसममा कयौँ मानिसको मांशपेशीमा दुखाई हुने गर्छ । चिसोका कारण पुराना घाउ र जोर्नीमा दुखाईको समस्या हुने गर्छ । गर्मीको तुलनामा चिसोमा महिनावारीको अवधिमा पेटमा पनि बढी दुखाई हुने गर्छ । यस्तोमा तातो पानी पिउनाले राहत मिल्छ ।

 ६.नाक बन्द हुँदा राहत :

चिसो मौसममा तातो पानीको बाफले नाक र घाँटीलाई आराम प्रदान गर्छ । बाफ लिँदा घाँटीमा जम्मा भएको बफ बाहिर निस्कने गर्छ । सास फेर्न समस्या भइरहेको छ भने पनि तातो पानीको बाफले राहत दिन्छ । चिसो मौसममा तातो पानीले खोकी, रुघा र संक्रमणबाट पनि जोगाउँछ ।

७. लगलगी काम्ने समस्यामा लाभदायक :

कयौँ मानिसको चिसोका कारण शरीर थर्थरी काम्ने गर्छ । यसमा तातो पानी पिउनाले फाइदा पुुग्छ । जाडोमा केही अवधिको अन्तरालमा तातो पानी पिउनु पर्छ । यसले शरीरको तापमान नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

८. चिसोमा तातो पानीले नुहाउनका फाइदा पनि छन् :

तातो पानीले आराम दिन पनि मद्दत गर्छ जसका कारण मज्जाले निद्रा लाग्छ । यसले मांसपेशीमा राहत दिने काम पनि गर्छ । चिसो मौसममा तातो पानी पिउँदा शरीरको तापक्रम पनि बढ्छ । चिसो मौसममा बिहान तातो पानीले नुहाउँदा आनन्द प्राप्त हुन्छ ।

९. चमकदार छालाका लागि फाइदाजनक :

दैनिक नियमित तातो पानी पिउनाले छाला मुलायम रहन्छ । यसले अनुहारमा रक्त संचारमा पनि सुुधार ल्याउँछ । तातो पानीको बाफले क्लिन्जरको जस्तो काम गर्छ । यसले छालाका प्वाललाई सफा गरेर, चम्किलो बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्