Logo
१७ बैशाख २०८१, सोमबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिलिपिन्समा राई विनाशकारी आँधीका कारण २०८ जनाको मृत्यु

फिलिपिन्समा आएको शक्तिशाली राई नामको आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ ।

सो आँधीका कारण ५२ जना हराइरहेका छन् भने २३९ जना घाइते भएका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ ।

आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ ।

‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने । प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ ।

 

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्