Logo
६ जेष्ठ २०८१, आईतबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओमिक्रोन भाइरस विश्वभर अनौठो रुपमा फैलिईरहेको छ : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभरका सबै मुलुकमा फैलिने चेतावनी दिएको छ । साथै ओकिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा डब्ल्युएचओले फैलिईरहेको बताएको छ ।

ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो ।

डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चेतावनी दिएका छन् ।

समयमा नियन्त्रण नगरे बिश्व फेरि ओमिक्रोनको चपेटामा पर्ने भन्दै उनले विश्व समुदायलाई सचेत बनाएका छन् । ओमिक्रोन देखा परेपछी धेरै राष्ट्रहरुले दक्षिण अफ्रिाका र त्यसका छिमेकी देशहरुलाई यात्रा प्रतिबन्ध लगाए पनि चुस्त मापदण्ड तय गर्न चुकेको उनको गुनासो छ ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्