Logo
६ बैशाख २०८१, बिहीबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुल्यो १५४७ जना मा.वि शिक्षकमा विज्ञापन

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका १५४७ शिक्षकको लागि विज्ञापन खुलेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्