Logo
२४ बैशाख २०८१, सोमबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

अहिले देशैभरी चिसो बढीरहेको छ । देशभर चिसो बढेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको न्यूनतम तापक्रम आज बिहान ४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।जुम्लाको सबैभन्दा कम माइनस ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसमबिदहरुले जनाएका छन् । देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्