Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इक्वेडरमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु, २५ घाइते

इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन् ।

दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरुलाई अस्पताल पुर्‍याइएको बताइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् ।सिन्ह्वा

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्