Logo
२५ बैशाख २०८१, मंगलबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंसहित देशभर चिसो बढ्यो, उपत्यकामा यस बर्षकै सबैभन्दा चिसो

पछिल्लो समयमा काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।

न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ दशमलव ४ डिग्री मापन गरिएको छ ।

आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना रहेको बताइएको छ ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरहवामा ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्