Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने फूलकोर्टको निर्णय

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने फूलकोर्टले निर्णय गरेको छ  ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्नेनिर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्