Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैपटक यी युवकले गरे ९ महिलासँग विवाह, यस्तो कारण !

सामान्यतया विवाह भनेको एक केटी र एक केटाबीच हुने पवित्र सामाजिक परम्परा हो भनेर भन्ने गरीन्छ । तर यो मान्यतालाई कतिपय ठाउमा गलत सावित भएको पनि हामीले पाउने गर्छौ ।

विवाहका लागि मानिसहरुको समाजै विक्ष फरक धारणा र संस्कार रहेको छ । ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’लाई उत्सवको रुपमा मनाउनका लागि सामुहिक विवाह गरेका छन् ।उनले एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् ।

विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो । आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए । लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् ।

डेली स्टारका अनुसारअब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए ।

यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्बिर सेयर गरेका थिए जसमा दुबै नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो ।

आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द उठाएका थिए । उनीहरु यसअघि पनि संसारका केही ‘उदार स्थान’ मा नग्न भएर घुमेका कारण पनि चर्चामा आइसकेका छन् ।

यस वर्ष फेब्रुअरीमा पनि यो जोडीले ध्यान आकर्षित गरेको थियो किनभने उनीहरुले अरुलाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गरेर ओन्लीफ्यान्समा प्रति महिना ५६ लाख कमाइरहेको बताएका थिए ।

महामारीका बेला आर्थर र लुआनाले ती मानिसलाई आफनो सेक्स टिप्स साझा गरे जसको यौन जीवन राम्रो चलिरहेको थिएन ।एजेन्सी

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्