Logo
१९ बैशाख २०८१, बुधबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा

मागडालेना एन्डरसन स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् । एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् ।

एन्डरसनले राजीनामा दिएपछि स्वीडेनमा नयाँ सरकार गठनको अर्को प्रक्रिया बढ्ने भएको छ ।तर, स्वीडेनको प्रथम महिला प्रधानमन्त्री बन्दै एन्डरसनले इतिहास रचेकी छिन् ।

स्वीडेनमा महिलाले मताधिकार पाएको एक सय वर्षपछि पहिलोपटक महिला प्रधानमन्त्री बनिन् ।५४ वर्षीया एन्डरसन पूर्व पौडी च्याम्पियन हुन् । उनी उपसला विश्वविद्यालयमा अध्ययन गरी सन् १९९६ मा राजनीतिमा आएकी हुन् ।

एन्डरसन सन् १९९६ मा स्वीडेनका प्रधानमन्त्री गोरान परसनको राजनीतिक सल्लाहकार थिइन् ।

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्