Logo
६ जेष्ठ २०८१, आईतबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतका अमिरद्वारा आममाफी घोषणा

कुवेतका अमिरले लामो समयदेखि प्रतीक्षा गरिएको आममाफी आदेश जारी गरेका छन् । अमिरले प्रमुख सरकारी गतिरोधलाई निरुत्साहित गर्ने उद्देश्यले करिब तीन दर्जन कुवेती असन्तुष्टहरूको सजाय माफी गर्ने घोषणा गरेका छन् ।

कुवेतको राजपत्रमा गत शनिबार अबेर प्रकाशित शाही आदेशमा अमिर शेख नवाफ अल अहमद अल सबाहले देशको संसदमा आक्रमण गरेको आरोपमा जेलमा परेका ११ राजनीतिज्ञको सजाय कटौती गरेको बताइएको छ।

सन् २०११ मा प्रजातन्त्र समर्थक प्रदर्शनहरू व्यापक रूपमा फैलिँदा कुवेतका प्रमुख विपक्षी व्यक्तित्वहरू र सांसदहरूलाई कुवेतको संसद् भवनमा थुनेर भ्रष्टाचारको आरोप लगाएका प्रधानमन्त्रीलाई हटाउन दबाब दिएका थिए ।

यसै बीच देशको सर्वोच्च अदालतले धेरै इस्लामवादी सांसदहरूलाई वर्षौँको जेल सजाय सुनाएको छ । जसमा एक प्रमुख विपक्षी नेता मुसलाम अल(बराक पनि छन् ।

उनले छुट्टै आरोपमा दुई वर्षको जेल सजाय भोगेका थिए।शनिबार माफी पाएका अल(बराक र अन्य असन्तुष्टहरू टर्कीमा वर्षौँदेखि स्व(निर्वासित जीवन बिताइरहेका छन् ।

 

 

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्