Logo
६ जेष्ठ २०८१, आईतबार
(November 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भङ्गेराको टाउको खानाले किन बढाउँछ यौन उत्तेजना ? जान्नुहोस् कारण !

भङ्गेरा चराहरुमै कामुक र सेक्सी भनेर चिनिन्छ । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?

वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौनउत्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए ।महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् ।

जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन उत्तेजना बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन उत्तेजना बढाउँछ । विगत देखि नै यौन उत्तेजना बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे ।तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।एजेन्सी

प्रकाशित मिति: Nov 11, 2021

प्रतिक्रिया दिनुहोस्