Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्सी भनेर चिनिने सुनाखरी फूलका यस्ता छन् विशेषता जान्नुहोस् !

वनस्पतिमा सुनाखरी सबैभन्दा सेक्सी मानिन्छन् । चराहरुमा भँगेरो सेक्सी भएजस्तै सुनखरी फूललाई पनि बनस्पतिमा सेक्सी मानिने गरिन्छ । पटक्कै नओइलाउने र नखुइलिने वानस्पतिक गुण बोकेको सेक्सी यो फूल औषधीजन्य वनस्पति हो ।

ज्वरो आउँदा, दमखोकी र घाँटी सुख्खा हुँदा मात्र होइन, क्यान्सर, ग्यास्ट्राइटिस, सुन्निएको, एन्टी ब्याक्टेरियल आदि समस्यामा पनि यसलाई औषधीका रूपमा प्रयोग गरिँदै आइएको छ । च्यवनप्रासमा समेत सुनाखरी मिसाइएको हुन्छ ।

अर्किड परिवारका अत्यन्तै रंगीविरंगी तथा वासनायुक्त फूलहरूले कीराहरूलाई कामुक बासना छाडेर सेक्स अपिल गरिरहन्छन् । त्यसमा लट्ट भई यौन उत्तेजनामा आएका बारुला, अरिंगाल र भँमरा सुनाखरी फूललाई पोथी ठानेर सम्भोग नै गर्छन् ।

आयुर्वेदमा सुनाखरीलाई यौनवर्द्धक औषधीका रुपमा चर्चा गरिएको छ । त्यसै कारण विश्वभरि नै यसको तस्करी समेत हुँदै आएको छ । गुलाबी र सेतो सुनाखरी प्रिय उपहार मानिन्छन् ।

नेपालमा पाइने सुनाखरीका ४४ जाति र १०० भन्दा बढी प्रजाति औषधीय गुणयुक्त रहेको केशवराज राजभण्डारीकृत पुस्तक ‘अ ह्यान्डबुक अफ द अर्किड्स अफ नेपाल’ मा उल्लेख छ । नेपालमा यसका ५०७ प्रजाति सूचीकृत छन् ।एजेन्सी

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्