Logo
६ जेष्ठ २०८१, आईतबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा मृत्यु हुने मृतकको संख्या ९८ पुगेको छ ।

राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा ९८ जनाको ज्यान गएको हो । अरू ३० जनाको अवस्था गम्भीर छ । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा झण्डै ८० जनाको उपचार भइरहेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उपचार भइरहेका उनीहरूको शरीरका धेरै भाग जलेका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । ट्याङ्कर ठोक्किएपछि तेल पोखिएको र आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्यान गुमाउने र घाइते हुनेहरू दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेका छन् ।

सियरा लिओनका राष्ट्रपति जुलियस मादा बायोले ठुलो मानवीय क्षति हुने गरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताए ।

उनले शोक वक्तव्य मार्फत पीडित परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्