Logo
६ जेष्ठ २०८१, आईतबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण हुँदा ६ जना घाइते

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण हुँदा ६ जना घाइते भएका छन् ।

राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो ।

प्रधानमन्त्री मुस्तफा अल-कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताएका छन् ।

उनले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गरेका छन् । यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ड्रोन आक्रमणको भर्त्सना गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्ति निकालेर आक्रमणलाई आतङ्कवादको संज्ञा दिएका छन् ।

केही दिन यता इराकमा चुनावको परिणामलाई लिएर ग्रीन जोन नजिकै विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्