Logo
६ जेष्ठ २०८१, आईतबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्ला

पाकिस्तान र अफगानिस्तानको सीमा नाका पुनः सञ्चालन हुन थालेको छ ।झन्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

‘पाकिस्तान र अफगानिस्तानको सीमा नाका पुनः खुल्ला गरिएको छ, त्यहाँबाट अव सामान ओसार पसार गर्नुका साथै मानिसहरु पनि आवत जावत गर्न थालेका छन्,’ पाकिस्तानी उच्च सीमा सुरक्षा अधिकारीले भने ।

नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् ।

उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पुर्याएर आउन जान दिने गरेका छन् ।

अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विशेष गरेर फलफूलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।

अफगानिस्तानको दक्षिणी सहर कान्दहरबाट पाकिस्तानका लागि व्यापारिक कारोबार धेरै हुने गरेको छ । पाकिस्तानी पत्रिकाहरूका अनुसार सो नाका गत अक्टोबर ५ देखि बन्द भएको थियो ।

नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए । नाका खुल्ला भएपछि सबै खुसी भएका छन् ।

सीमा बन्द गर्नका लागि राखिएका वस्तुहरू पनि सिमानाबाट हटाइसकिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्