Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन रुन्छन् यौन सम्पर्कपछि महिला ?

मानिसको जीवनलाई राम्रो र सुन्दरता बनाउनको लागि यौन जीवनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । हाम्रो समाजमा यौनलाई नराम्रो मानिए पनि हरेक मानिसको जीवनमा नभई नहुने आवश्यकता हो ।

मुख्यतया विवाहित जोडिको लागि यौन जीवन एकदमै महत्पूर्ण हुने गर्छ । यदी उनीहरुको यौन जीवन राम्रो नभए सम्वन्धमा नै समस्या सृजना हुने गर्छ त्यसकारण यौन जीवन मानिसको जीवनलाई सफल र सुन्दर एकदमै भूमिका रहेको हुन्छ ।

यौन जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ ।यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ ।

यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर महिलाहरु सहमतिमा नै यौन सम्पर्क गरेपनि निराश हुने गर्छन् ।

आज हामी तपाईलाई यौन सम्पर्कपछि किन महिलाहरु निरास हुन्छन् भन्ने विषयमा जानकरी दिन गइरहेका छौ ।हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ ।

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो ।

सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए ।कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।

कुनै-कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । (एजेन्सी)

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्