Logo
६ जेष्ठ २०८१, आईतबार
(October 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै पिताको शव अगाडि इन्स्टाग्राम मोडलले फोटोसुट गरेपछि…!

भनिन्छ आफ्नो आफन्त गुमाउदाको क्षण एकदमै कठिन हुने गर्छ । यस पललाई विताउन सारै गाह्रो महसुश हुने गर्छ तर अमेरिकामा भने एक इन्स्टाग्राम मोडलले आफ्नो पिताको शवको अगाडि फोटो सुट गरेकी छन् ।

त्यसकारण अहिले अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा  चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् ।

तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।

जेनेका अकाउन्टको स्क्रिनसट नै सेयरः

जेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन् । तर जेनेको उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए । अब यो सोसल मिडियामा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले लेखे, ‘यी इन्स्टाग्राम मोडलको पिताको निधन भएको छ र उनले पिताको शवको अगाडि फोटोसुट गरेकी छिन् । ’

अर्का एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘के मैले एक संकीर्णतावादी र प्रदर्शनकारी संस्कृतिको समस्याबारे कुरा उठाएको हुँ ।’यस्तै, अर्का एकजनाले लेखे, ‘यस्ता लाग्छ कि मानिसहरुले आफ्नो सबै भद्रता गुमाइसकेका छन् । ’

रिवेराले दिइन् स्पष्टिकरणः

जेने रिवेराले एनसीबी न्यूजसँग कुरा गर्दै यसबारे स्पष्टिकरण दिएकी छिन् । रिवेराले आफ्नो बचाउ गर्दै भनिन्, ‘ म मानिसहरुको भावनालाई बुझ्छु । तर तस्बिर सकारात्मक उद्देश्यले खिचिएको थियो । मेरा पिता हुनुभएको भए उहाँले यसको समर्थन गर्नु हुन्थ्यो ।’

यस्तै रिवेराको मिडिया समूहले भनेको छ, ‘प्रत्येक मानिसले आफ्ना प्रिय जनलाई गुमाउनुको पीडालाई आफ्नो तरिकाले सम्हाल्ने गर्छन् । केही मानिसहरु पारम्परिक तरिका अपनाउँछन् । मैले यो पललाई उत्सवको रुपमा मनाएँ किनभने मेरा पिता मसँगै छन् भन्ने मलाई लाग्छ । ’

रिवेराको पिताको निधन उनको ५६ औं जन्मदिनभन्दा दुई दिनअघि भएको थियो ।

 

 

 

 

 

प्रकाशित मिति: Oct 31, 2021

प्रतिक्रिया दिनुहोस्