Logo
१५ बैशाख २०८१, शनिबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक नयाँ भेरिएन्ट बेलायतमा भेटियो

बेलायतमा कोरोनाको डेल्टा भरिएन्टको फेरि अर्को नयाँ रुप विकसित भएको भन्दै सचेत रहन बैज्ञानिकहरुले सुझाव दिएका छन् ।

हालै विकसित भएको कोरोनाको नयाँ रुप डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक भएकाले बेलायत पुन कोरोना महामारीको चपेटामा पर्ने चेतावनी वैज्ञानिकहरुले दिएका हुन् ।

कोरोनाको नयाँ विकसित रुप फैलिएका कारण बेलायत कोरोना महामारीको चपेटाबाट मुक्त हुन केही समय लाग्ने वैज्ञानिकहरुले औँल्याएका छन् ।  कोरोना संक्रमण दर उच्च बन्दै जाँदा बेलायतमा एकै दिन २ सय २३ जनाको मृत्यु भएको छ ।

त्यहाँ एकै दिन ५० प्रतिशत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाविरुद्धको दोस्रो डोज पूरा गरी बुस्टर लगाउन सुरु गरेकाहरुमा पनि कोरोना संक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणमा लागि थप उपाय अवलम्बन गर्न वैज्ञानिकहरुसँग परामर्शसमेत थालेको छ । यसैबीच बेलायतका जनता नयाँ भेरिएन्ट फैलिएसँगै सचेत हुन थालेका छन् ।

मास्कसमेत लगाउन छोडेका त्यहाँका नागरिकहरुले स्वास्थ्य सतर्कता अपनाउन थालेका छन् । बेलायतमा कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८५ लाख ४१ हजार नाघेको छ ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्