Logo
२६ बैशाख २०८१, बुधबार
(October 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

उनले बडादशैंको महाअष्टमीका अवसरमा पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा आज विहान पूजाअर्चना गरेकी हुन् ।

उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चनाका लागि तेस्रो पटक पुगेकी हुन् ।राष्ट्रप्रमुखले बडादशैंको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेकी थिए ।

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुर्‍याइएको थियो ।

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ ।

यो मन्दिरमा विशेष गरी दशैँ, माघे-संक्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।

प्रकाशित मिति: Oct 13, 2021

प्रतिक्रिया दिनुहोस्