Logo
६ जेष्ठ २०८१, आईतबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्जेन्टिनामा आगलागीमा परी एकै परिवारका सात जनाको जलेर मृत्यु

अर्जेन्टिनाको बाहिया ब्लान्सा सहरमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ ।

घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्