Logo
६ जेष्ठ २०८१, आईतबार
(October 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर इटालीमा भवनमा विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा एउटा निजी विमान खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ ।

सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए ।

उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो ।

तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी-१२ विमानमा दुर्घटना अघि नै आगोका लप्काहरु देखिएको बताएका छन् ।

प्रकाशित मिति: Oct 4, 2021

प्रतिक्रिया दिनुहोस्