Logo
६ जेष्ठ २०८१, आईतबार
(October 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा राष्ट्रपतिको विरोधमा देशैभर विशाल जनप्रदर्शन

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा सडकमा विशाल जनप्रदर्शन गरेका छन् । विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् ।

पछिल्लो समय बोल्सोनारो कोभिड-१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् । महामारीका कारण देशमा ६ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

आम निर्वाचनको ठीक एक वर्षअघि यो प्रदर्शन गरिएको थियो ।शनिबार देशका १६० भन्दा बढी गाउँ र शहरमा प्रदर्शनको आयोजना गरियो । प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए ।

च्याम्बरमा डेप्युटिजमा बोल्सोनारोमाथि महाभियोग लगाउन माग गर्दै १ सयभन्दा बढी निवेदन परेका छन् । तर, त्यसको नेतृत्वले उक्त मागलाई अघि बढाएका छैनन् ।

ब्राजिलको सर्वोच्च अदालतले हालै मात्र बोल्सोनारोमाथि विभिन्न छानबिन अघि बढाउन अनुमति दिएको थियो ।अर्को अक्टोबरमा ब्राजिलमा आम निर्वाचन हुनेछ । तर, अहिले नै बोल्सोनारोको अप्रुभल रेटिङ निकै तल खस्किएको छ । एटलास इन्सटिट्युट गरेको सर्वेक्षणमा ६१ प्रतिशत जनताले उनको सरकारको कामलाई खराब भनेका थिए । उनले सन् २०१९ जनवरीमा पदभार सम्हालेका थिए ।

प्रकाशित मिति: Oct 3, 2021

प्रतिक्रिया दिनुहोस्