Logo
७ जेष्ठ २०८१, सोमबार
(October 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै प्रदर्शन

अमेरिकामा गर्भपतनको माग गर्दै हजारौं महिला तथा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन भएको हो ।

अन्य राज्यहरुमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यस विरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन । अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धि प्रावधानहरुलाई परिमार्जन गर्ने गरेका छन् ।

रिपब्लिनको सरकार रहेको टेक्ससमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाईएको छ । कति समयको गर्भपतन गर्न पाउने भन्ने विषय सधैं विवादको विषय बन्दै आएको छ ।

अमेरिकी सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त विषयको सुनुवाई अघि बढिरहेकाले पनि अधिकारकर्मीहरु सडकमा उत्रिएका हुन ।

देशैभर महिला तथा अधिकारकर्मीहरुले गर्भपतनको पक्षमा प्रदर्शन गरिरहेको बेला केही समूहहरुले भने त्यसको विरोधमा पनि प्रदर्शन गरेका छन् ।

तपाईहरुको हातमा निर्दोष शिशुको रगत लत्पतिएको छ भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले मूख्य सडकमा निस्कन दिएका छैनन ।

प्रकाशित मिति: Oct 3, 2021

प्रतिक्रिया दिनुहोस्