Logo
१५ बैशाख २०८१, शनिबार
(October 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकाको आँखाबाट दैनिक ढुंगाको आँशु झरेपछि…!

संसारमा हामीले कतिपय कल्पना नगरेको घटना घटीरहेका हुन्छन् कि जुन हामीले पत्याउन पनि गाह्रो हुने गर्छ । त्यस्तै घटना भारतमा घटेको छ ।

भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ ।पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको छ, तर डाक्टरलाई नै यसको चिकित्सकीय कारण थाहा छैन ।

यी बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेका थिए । त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा झार्दै रुन्छिन् ।

यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स-सना ढुंगाहरु संकलन गरेर राखेको छ । चाँदनी नामकी यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुंगाहरु झर्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुंगा झर्दैन ।

केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुंगा झरेको देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुंगा झर्छ ।

र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँदै ढुंगा झार्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् ।

भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुंगा हालेको वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।

दुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञानसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए ।

गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्यको गुत्थी पनि सुल्झिएको छैन ।एजेन्सी

प्रकाशित मिति: Oct 1, 2021

प्रतिक्रिया दिनुहोस्