Logo
७ जेष्ठ २०८१, सोमबार
(October 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इथियोपिया सरकारद्वारा राष्ट्रसंघका ७ उच्च अधिकारीलाई देश निकाला

अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।

इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको हो ।

इथियोपिया सरकारले ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा मानविय संकट रहेको विषयमा राष्ट्रसंघका अधिकारीहरुले बारम्बार आवाज उठाईरहेका थिए ।

राष्ट्रसंघका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मालिमामा चाहिने भन्दा बढी प्रचारवाजी गरेको तथा केही गम्भिर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

इथियोपियाको यो निर्णयप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यो घटनाबाट आफू स्तब्ध बनेको बताएका छन् । साथै एन्टोनियो गुटेरेसले आफू यसघटनामा अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।गत वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण उक्त क्षेत्रमा मानवीय संकट देखिएको छ ।

लडाइँमा परी हजारौं मानिस मारिएका छन् भने कैयौं विस्थापित हुन पुगेका छन् ।

 

प्रकाशित मिति: Oct 1, 2021

प्रतिक्रिया दिनुहोस्