Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा फेरि तालिवानीद्धारा बालिकाको गोली हानी हत्या

अफगानिस्तानमा तालिवानले कब्जा लिएपछि त्यहाँको बातावरण थप त्रासमय बन्दै गइरहेको छ । तालिबानले जनताको हितमा काम गर्ने भनिएता पनि उनीहरुले आफ्नो भनाइअनुसारको काम गरेको पाइएको छैन ।

अफगानिस्तानमा तालिवानी विद्रोहीले चारजनाको हत्या गरी सार्वजनिक स्थलमा शव झुण्ड्याएको केही दिन नबित्दै एक बालिकाको गोली हानी हत्या गरेको छ ।

तालिवानको बिरुद्धमा लागेको भन्दै एक ब्यक्तिका ८ बर्षिया छोरीको सार्वजनिक स्थलमा गोली हानी हत्या गरेको हो ।सत्ता कब्जामा लिने बितिकै अफगानी जनताको भलाईका लागि काम गर्ने भन्दै अफगानी जनतालाई आश्वस्त पारेको तालिवानले दिनप्रति दिन निर्दोेष ब्यक्तिहरुको हत्या गर्न थालेका छन् ।

उनीहरुले सर्वसाधारणको घर घरमा खानतलासी गरी मोबाइलमा कल डिटेल्स हेर्ने र फोटो हेरी सजाँय दिन थालेका छन् । तालिवानको विरुद्धमा एक शब्द पनि बोल्न नपाउने भन्दै उनीहरुले शंका लागेको ब्यक्तिको मोबाइल समेत खोस्न थालेका छन् । जसका कारण अफगानी जनता झन झन त्रसित हुन थालेका छन् ।

यसबीच अफगानीस्तानका कुनै पनि पुरुषले दाह्री पाल्नु पर्ने नियम लागु गरेकोमा केहीले नियम तोडेको भन्दै निर्मम तरिकाले कुटपिट समेत गरेका छन् ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्