Logo
६ जेष्ठ २०८१, आईतबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य लगातार ओरालो लाग्दै, दुई दिनमै घट्यो तोलामा ११ सय रुपैयाँ

नेपानी बजारमा पछिल्लो समयमा लगातार सुनको मूल्य ओरालो लागेको छ । दुई दिनमा सुनको मूल्य प्रतितोलामा ११ सयले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । प्रतितोला ६०० ले घटेपछि आज बजारमा सुन ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । बुधबार प्रतितोला छापावाल सुन ९० हजार १०० रुपैयाँमा कारोवार भएको थियो । थियो ।

तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्