Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको अधिवेशनमा पेसाकर्मीहरुको आकर्षण : स्थापित पत्रकारहरु चुनावी प्रतिष्पर्धामा

१४ औं महाधिवेशनको तयारीमा लागेको नेपाली कांग्रेसको अधिवेशनमा पेसाकर्मीहरुको आकर्षण बढेको छ । त्यसमा पनि स्थापित पत्रकारहरु चुनावी प्रतिष्पर्धामा छन ।

जसमध्ये नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले‚ बर्तमान महासचिव अजयबाबु सिवाकोटी, अन्तराष्ट्रिय पत्रकारको रूपमा स्थापित नागरिक टाइम्सका सम्पादक वीरेन्द्र केएम (बिरेन्द्रकुमार मेहेता)‚ वरिष्ठ पत्रकार तथा नेपालबहसका प्रधानसम्पादक इन्द्र रिजाल, युनियनकी केन्द्रिय सदस्य दिलिफाश्री लगायतले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधीमा उम्मेदारी दिने घोषणा गरेका छन् ।

वाग्लेले तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदारी दिने घोषणा गरेका छन् । भने सिवाकोटीले दोलखाबाट चुनावी तयारीमा छन् ।

त्यसैगरी केएमले सुनसरीको क्षेत्र नम्बर २ (दक्षिणभेग) बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदारी घोषणा गरेका छन । यस्तै‚ अर्का पत्रकार रिजालले सम्पन्न नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै पोखरामा नगरसभापतिका लागि गंगाधर पराजुली‚ इलाम नगरपालिकामा सोम सुसेली र विमला भण्डारीले महिला प्रतिनिधिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरु सबै जना पत्रकार हुन् ।

प्रेस यूनियनका कोषाध्यक्ष सरोज अधिकारी धादिंङबाट क्षेत्रीय प्रतिनिधि भएर महाधिवेशन प्रतिनिधिको रूपमा उम्मेदवारी दिने तयारीमा छन् ।

त्यस्तै गोरखापत्रका निवर्तमान प्रबन्ध सम्पादक गोकर्ण अर्याल धादिङबाट क्षेत्रीय प्रतिनिधि भैसकेका छन् । अर्का पत्रकार माधव चौलागाई पनि यही दौडमा अघि बढी रहेका छन् ।

यसरी कांग्रेसको नेतृत्व चयनमा युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । युवा पुस्तासँगै बौद्धिक जगतले पनि आफ्नो उम्मेदवारीलाई प्रस्तुत गरिरहेका छन् ।

कांग्रेसमा पत्रकारहरु राजनीतिमा आउनु कुनै नौलो चाँही होइन । यसअघि कांग्रेसमा कृष्ण प्रसाद भट्टराई‚ होमनाथ दाहाल‚ पुरुषोत्तम बस्नेत जस्ता पत्रकारहरूका पाका नेताहरुले नेतृत्वमा पुग्ने अवसर पाएका थिए ।

उनीहरु विस्तारै बाहिरिएपछि पत्रकारिता गरिरहेका युवा पुस्ताको आकर्षण बढेको हो ।
विगतमा एमालेबाट पनि रघु पन्त‚ गोकुल बाँस्कोटा‚ योगेश भट्टराई पनि पत्रकारिताबाटै राजनीतिमा आएका हुन ।

उनीहरु मन्त्री मात्र भएनन स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेर काम गरिरहेका छन् । एमाले र माओवादीका धेरै पत्रकारहरु पार्टीको केन्द्रीय तहमा रहेका छन् ।

तर कांग्रेसमा यो संख्या हुँदै नभएकाले पनि पत्रकार युवाहरु यसतफर् आकषिर्त भएको मान्न सकिन्छ ।

प्रकाशित मिति: Sep 23, 2021

प्रतिक्रिया दिनुहोस्