Logo
६ जेष्ठ २०८१, आईतबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामेछापको मन्थलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौंबाट ओखलढुङ्गाको खिजी जाँदै गरेको जिप आज रामेछापको मन्थलीको कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुङ्गाको खिजी जाँदै गरेको यात्रुवाहक जिप आज (बिहीबार) बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी अनुसार प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्