Logo
२७ बैशाख २०८१, बिहीबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यक्तिगत स्वार्थ तथा पदका लागि मैले देश र जनतालाई बिर्सिएर राजनीति गर्दिन् : भीम रावल

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावलले आफूले राजनीति गर्दा देश र जनतालाई बिर्सिएर व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताएका छन् ।

साथै रावलले राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको र मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत भएको बताएका छन् ।

गृह जिल्ला अछाम जाने क्रममा आज (बिहीबार) यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा आफूले राजनीति गर्दा देश र जनतालाई बिर्सिएर व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको रावलले बताए ।

उनले भने, ‘मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु ।’ साथै उनले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्दा आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराए ।

उनले अघि थपे भने, ‘म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दश बुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु ।’ राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उनको भनाइ थियो ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गरे ।

उनले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जान सक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताए ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्